जाफनाबाट पक्राउ परेका २२ भारतीय मछुवालाई रिहा गर्न अदालतको आदेश
रामनाथपुरम । श्रीलङ्काको अदालतले २२ जना भारतीय मछुवालाई रिहा गर्न आदेश दिएको छ ।
श्रीलङ्काको जलक्षेत्रमा प्रवेश गरेको आरोपमा त्यहाँको नौसेनाले गत जुन २२ मा चार वटा भारतीय डुङ्गा नियन्त्रणमा लिएको थियो भने २२ जनालाई पक्राउ गरेको थियो ।
तमिलनाडुको रामनाथपुरम जिल्लाको मण्डपम र पुडुकोट्टई माछा मार्ने बन्दरगाहबाट निस्केका ती मछुवालाई श्रीलङ्काको जाफनाको डेल्फ्ट टापु नजिकैबाट पक्राउ गरिएको थियो ।
अनुसन्धानपछि उनीहरूलाई स्थानीय प्रहरी अदालतमा उपस्थित गराइएको थियो जहाँ न्यायाधीशले उनीहरूलाई जुलाई ५ सम्म न्यायिक हिरासतमा राख्न आदेश दिएका थिए ।
मछुआहरूलाई जाफनास्थित जेलमा थुनिएको थियो । हिरासत पूरा भएपछि, मछुवाहरूलाई फेरि अदालतमा पेश गरिएको र अदालतले उचित प्रक्रियापछि उनीहरूलाई रिहा गर्न आदेश दिएको छ ।
रिहा गरिएका मछुवाहरु केही दिनभित्रै घर फर्किने अपेक्षा गरिएको भारतीय मछुआ सङ्घले जनाएको छ ।-(रासस/एएनआई)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण