अवैध रूपमा अमेरिकन डलरको कारोबार गर्ने एक व्यक्ति पक्राउ
बिहीबार, २१ असार २०८०, १२ : २६
काठमाडौैँ । अवैध रूपमा अमेरिकी डलरको कारोबार गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । पूर्व सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले ललितपुरको वहुवहालबाट एक जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१७ ग्वार्को बस्ने वर्ष ३४ का सनमोहन श्रेष्ठ रहेका छन् । श्रेष्ठको साथबाट १०० दरको अमेरिकन डलर १९८ थानको बरामद गरिएको छ ।
उनलाई विदेशी विनिमय सम्बन्धी कसुरमा थप आवश्यक अनुसन्धान कारबाहीको लागि राजस्व अनुसन्धान विभाग पुलचोक पठाइएको सूचना अधिकारी प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण