कोरियाबाट फर्केका ४ जनाको साथबाट ७ हजार डलर पकेटमारी, ४ जना पक्राउ
काठमाडौँ । दक्षिण कोरियाबाट फर्केका चार जनाको साथबाट पकेटमारले ललितपुरको ग्वार्कोमा ७ हजार डलर फकेट मारेका छन् । असार १९ मा मिनि बसमा कोटेश्वरबाट ग्वार्को स्थित ईपिएस शाखामा जाँदै गरेका विष्णु अधिकारीसहित चारजना पकेटमारको निशानामा परेका हुन् । पकेट मारेको डलरको नेपाली रुपैयाँ ९ लाख २३ हजार हुन्छ । पकेटमारमा संलग्न आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका ३१ वर्षीय सञ्जिव तामाङ, पर्सा घर भएका ३३ वर्षीय आइतमान तामाङ र सिन्धुपाल्चोक घर भएकी २१ वर्षीया सविना तामाङ छिन् ।
पकेट मारेको पैसा सटही गर्ने पाटनको सुन्धारास्थित ‘महाबौद्ध मनि चेन्जर’की सञ्चालिका ५८ वर्षीया मंगललक्ष्मी श्रेष्ठलाई पनि पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी (एसपी) रविन्द्र रेग्मीले रातोपाटीलाई बताए । पाकेट मारेको २ हजार ८ सय डलर प्रहरीले महाबौद्ध मनि चेन्जरबाट बरामद गरेको छ । दक्षिण कोरियाबाट फर्केका ४ जना नयाँ बसपार्कबाट कलंकी हुँदै ग्वार्को स्थित इपिएस कार्यालयमा कागजात बुझाउन जाँदै थिए । तर, ओलर्ने ठाउँ भुलेपछि उनिहरु कोटेश्वर पुगेर पुनः अर्को बसमा ग्वार्कोतर्फ फर्किंदै थिए ।
बालकुमारीस्थित खरिबोटबाट मिनिबस चढेका पाकेटमारले केही मिनेटमै उनीहरुले विदेशमा कमाएर ल्याएको रकम पकेट मारे । पीडितहरुले तत्काल प्रहरीलाई खबर गरे । ‘हामिलाई खबर आएको दुई घण्टामा आरोपीलाई पक्राउ गरेर अनुसन्धान थालेका छौं’ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रेग्मी भन्छन्–‘पाकेटमारको साथमा २ लाख नेपाली नगद भेटिएको छ ।’ पाकेटमारमा संलग्न थप दुईजना फरार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण