चोरीमा संलग्न रहेको आरोपमा हतियारसहित भारतीय महिला पक्राउ
बिहीबार, २१ असार २०८०, २० : ०९
बुटवल । रुपन्देहीको भैरहवामा चोरी र लुटपाटमा संलग्न रहेको आरोपमा हतियारसहित भारतीय महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश गोरखपुरकी ४३ वर्षीय गीता तिवारी रहेकी छन् ।
सिद्धार्थनगर नगरपालिका–२ बाटिकामा घर भाडामा लिएर उनले चोरी, डकैती र लुटपाट गर्दै आएको जिल्ला प्रहरीले कार्यालयले जनाएको छ। उनी भारतमा पनि आपराधिक गतिविधिमा संलग्न भएर जमानत छुटेर रुपन्देहीमा चोरी गर्न लागेको
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी भरतबहादुर विकले बताए । उनका अनुसार गिरोहमा संलग्न अन्य चार जनाको खोजी भइरहेको छ ।
प्रहरीले तिवारी बसेको घरबाट कटुवा पेस्तोल, १३ राउण्ड गोली, खुकुरी, चक्कु, छिनो, ५ थान मोबाइल, एक/एक वटा मोटरसाइकल र स्कुटर, नेपाल बैंकको चेकलगायत नेपाली र भारतीय रुपैयाँ बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण