आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

थ्रेड्स : एलन मस्कले मार्क जुकरबर्गमाथि लगाए दुई आरोप, दिए यस्तो धम्की

शुक्रबार, २२ असार २०८०, ०९ : ४६
शुक्रबार, २२ असार २०८०

एलन मस्कको कम्पनी ट्विटरले मार्क जुकरबर्गको कम्पनी मेटाविरुद्ध कानुनी कारबाही गर्ने धम्की दिएको छ ।

यो धम्की यस्तो समयमा आएको हो जब मेटाले एक दिन अघि ट्विटर जस्तै नयाँ प्लेटफर्म थ्रेड्स सुरु गरेको छ ।

थ्रेड्स नामको यो नयाँ सोसल मिडिया प्लेटफर्म एप सुरु भएको केही घण्टामै करोडौँले डाउनलोड गरेका छन् । यो सङ्ख्या द्रुत गतिमा बढिरहेको छ ।

अब एलन मस्कोले ट्विटरमा लेखेका छन्, ‘प्रतिस्पर्धा सही हो तर धोका दिनु गलत हो ।’

एलन मस्कका वकिल एलेक्स स्पिरोले पनि मार्क जुकरबर्गलाई पत्र लेखेका छन् र थ्रेड्सबारे आफ्नो आपत्ति दर्ता गरेका छन् ।

उक्त पत्रमा मेटा कम्पनीले ट्विटरका पूर्व कर्मचारीलाई काममा राखेको र उनीहरूलाई ट्विटरको गोप्य र महत्त्वपूर्ण जानकारी थाहा भएको बताइएको छ ।

केही समयअघि एलन मस्कोले ट्विटरका हजारौँ कर्मचारीलाई बर्खास्त गरेका थिए ।

एलन मस्कका वकिलले आफ्नो पत्रमा लेखेका छन्, ‘ट्विटरले मेटालाई ट्विटरसँग सम्बन्धित गोप्य सूचनाको प्रयोग तत्काल बन्द गर्न माग गर्दछ ।’

समाचार एजेन्सी रोयटर्सले यो पत्रको पुष्टि गरेको छ ।

मेटाका प्रवक्ता एन्डी स्टोनले थ्रेड्स इन्जिनियरिङ टोलीमा ट्विटरका कोही पनि पूर्व कर्मचारी छैनन् भनेर स्पष्टीकरण दिएका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप