आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

ट्विटरलाई टक्कर दिन जुकरबर्गले ल्याए ‘थ्रेड्स’, यो कसरी भिन्न र विशेष ?

बिहीबार, २१ असार २०८०, १७ : १२
बिहीबार, २१ असार २०८०

मेटाले ट्विटरको झैँ थ्रेड्सको सुविधा ल्याएको छ । मेटाका प्रमुख मार्क जुकरबर्गले नयाँ एप थ्रेड्सको सुविधा ल्याएको घोषणा गरेका छन् । 

माइक्रो ब्लगिङ ट्विटरमा हालैका परिवर्तनहरूबाट असन्तुष्ट भएकाहरूलाई थ्रेड्सले आकर्षित गर्न सक्ने विज्ञहरूको विश्वास छ।

युरोपेली सङ्घका देशहरूमा थ्रेड्सलाई अझै सुरु गरिएको छैन । यसका विशेषता ट्विटरका जस्तै छन् । प्रयोगकर्ताले थ्रेड्समा ५०० क्यारेक्टरसम्मका मेसेज पोस्ट गर्न सक्छन् ।

थ्रेड्स एक प्रकारले इन्स्टाग्रामको विस्तार हो । यसमा टेक्स्ट बाहेक प्रयोगकर्ताले लिङ्क, फोटो र पाँच मिनेटको भिडियो पोस्ट गर्न सक्नेछन् ।

जुकरबर्गले पहिलो चार घण्टामा मात्रै यो एपमा ५० लाख प्रयोगकर्ता थपिएको बताए ।

यो प्लेटफर्मलाई ‘मैत्रीपूर्ण’ बनाउन सके मात्रै सफलता मिल्ने उनले बताए ।

तर ट्विटर प्रमुख एलन मस्कले भने, ‘इन्स्टाग्राममा पीडा लुकाउनका लागि झूटो खुसीमा लिप्त हुनुभन्दा ट्विटरमा अपरिचित व्यक्तिबाट आक्रमण गर्नु राम्रो हो ।’

जुकरबर्गलाई यो ट्विटर भन्दा ठुलो बन्ला भनेर सोधिएका थियो । यसको जवाफमा उनले भने, ‘यसमा केही समय लाग्छ तर मलाई के लाग्छ भने मानिसहरूका लागि कुराकानीका लागि एउटा यस्तो एप हुनुपर्छ जसमा सय करोडभन्दा बढी मानिस सामेल हुन सकुन् ।’

‘ट्विटरसँग यस्तो मौका थियो तर उसले यस्तो गरेन । हामीले यस्तो गर्नेछौँ भन्ने आशा छ ।’

थ्रेड्स अब सयभन्दा बढी देशहरूमा डाउनलोडको लागि उपलब्ध छ । यसमा बेलायत जस्ता देशहरू समावेश छन् तर केही नियामकहरूको कारण यो युरोपेली सङ्घमा अझै सुरु भएको छैन ।

threads1यो प्रारम्भिक संस्करण हो – मेटा

फेसबुक र इन्स्टाग्रामको पेरेन्ट कम्पनी मेटाले यो थ्रेड्सको प्रारम्भिक संस्करण भएको बताएको छ । भविष्यमा यसमा अन्य सोसल मिडिया एप जस्तै मेटोेडन जस्तो विशेषता ल्याउने योजना छ जसमा मानिससँग कुरा गर्नेलगायतका सुविधा छन् । 

थ्रेड्स आफैँमा एउटा छुट्टै एप हो, तर प्रयोगकर्ताहरूले यसलाई इन्स्टाग्राम खाताबाट लग इन गर्न सक्नेछन् । उनीहरुले आफ्नो इन्स्टाग्रामको युजरनेम यहाँ पनि राख्न सक्छन् तर थ्रेड्सका लागि आफ्नो प्रोफाइल परिवर्तन पनि गर्न सक्छन्, यसका लागि विकल्प दिइएको छ । 

मेटाले प्रयोगकर्ताहरूले आफ्नो इन्स्टाग्राम खाता यहाँ पनि राख्न सक्ने बताएको छ ।  यो एपले प्रयोगकर्ताहरूलाई इन्स्टाग्राममा निजी र थ्रेड्समा पब्लिक हुन अनुमति दिन्छ ।

मेटाको यो नयाँ एप उसको व्यापारको तरिकाको आलोचना भएपछि आएको हो ।

गत वर्ष, मेटा ह्विस्टलब्लोअर फ्रान्सिस ह्युगनले कम्पनीले ‘सुरक्षा भन्दा नाफा’ लाई प्राथमिकता दिएको र यसको मध्यस्थताको आलोचना गरेका थिए ।

कम्पनीले बेलायती राजनीतिक परामर्शदाता क्याम्ब्रिज एनालिटिका लगायतका तेस्रो पक्षहरूलाई आफ्ना फेसबुक प्रयोगकर्ताहरूको डाटा उपलब्ध गराएको आरोप पनि सामना गर्‍यो ।

मेटाको यो विवादित अतितमा एलन मस्कले सोमबार लेखे, ‘भगवानलाई धन्यवाद कि यो निकै समझदारीताका साथ अघि बढिरहेको छ ।’

ट्विटरको विकल्पको रूपमा थुप्रै एप पहिलादेखि नै उपलब्ध छन् जस्तै ब्लुस्काई मेस्टोडोन । तर यो प्रयोग गर्न प्रयोगकर्ताले सङ्घर्ष गर्नुपर्छ । 

थ्रेड्सको अर्को फाइदा भनेको यो पहिले नै इन्स्टाग्रामसँग जोडिएको छ जहाँ पहिले नै लाखौँ प्रयोगकर्ता छन् । 

threads2थ्रेडहरूले कसरी काम गर्छ ?

तपाईंले थ्रेड्सबाट एउटा पोस्ट इन्स्टाग्राममा  र इन्स्टाग्रामबाट थ्रेड्समा पोस्ट साझा गर्न सक्नुहुन्छ । यसमा लिङ्कहरू, फोटोहरू र पाँच मिनेट सम्मका भिडियोहरू समावेश छन् ।

यद्यपि, यसका केही प्रयोगकर्ताहरूले बुधवार त्यसमा तस्बिरहरू पोस्ट गर्नमा केही प्रारम्भिक कठिनाइ भएको बताएका छन् ।

प्रयोगकर्ताले जसलाई फलो गर्छन्, उनीहरूको र रेकमेन्डेड कन्टेन्टको पोस्टको एउटा फिड देख्छन् जसलाई मेटा थ्रेड्स भनिन्छ । 

प्रयोगकर्ताहरूले उनीहरूलाई कसले मेन्सन गर्छ र केही खास शब्द भएका पोस्टहरूको  जवाफलाई फिल्टर पनि गर्न सक्छन् ।

कसैलाई अनफलो, ब्लक, प्रतिबन्ध वा रिपोर्ट गर्न पनि सम्भव छ र प्रयोगकर्ताले इन्स्टाग्राममा ब्लक गरेको खाता स्वतः थ्रेडहरूमा पनि ब्लक हुनेछ ।

केही लगानीकर्ताहरूले थ्रेड्सलाई ‘ट्विटर किलर’ पनि भनेका छन् ।

शनिवार, ट्विटरका मालिक एलन मस्कले डेटा स्क्र्यापिङलाई उद्धृत गर्दै प्रयोगकर्ताले यो माइक्रो–ब्लगिङ साइटमा दैनिक हेर्न सक्ने पोस्टहरूको सङ्ख्या सीमित गरे।

ट्विटरमा ब्लु टिक प्रयोगकर्ता अर्थात् सब्सक्राइबरको सङ्ख्या बढाउन मस्कको यो पछिल्लो प्रयास हो ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप