लापसे चेकिङमा नागढुङ्गाबाट ६ जना चालक पक्राउ
काठमाडौँ । नागढुङ्गामा शुक्रबार गरिएको चेकिङका क्रममा लागुपदार्थ सेवन (लापसे) गरी सवारी साधन चलाउँदै गरेका ६ जना चालक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बा ४ ख ६३ ६४ नम्बरको ट्रक चालक नुवाकोटको ककनी गाउँपालिका ३ का २० वर्षीय कृष्ण बहादुर तामाङ, लु २ ख १७ ७६ नम्बरको मिनी ट्रक चालक पर्वतको जलजला गाउँपालिका ८ का २५ वर्षीय डमबल सार्की, बागमती प्रदेश०२-०२५ च ९० ५५ नम्बरको पिक अप चालक धादिङको गजुरी गाउँपालिका ५ का २५ वर्षीय संजय राई रहेका छन् ।
यसैगरी बागमती प्रदेश ०३-००१ च १५ ४९ नम्बरको पिक अप चालक चितवनको भरतपुर महानगरपालिका ११ का २८ वर्षीय गोविन्द कुमाल, बागमती प्रदेश ०३ -००१ च ११ ३६ नम्बरको पिक अप चालक मकवानपुरको थाहा नगरपालिका ३ का २९ वर्षीय रमेश खत्री र बा २० च ७१ २८ नम्बरको कार चालक काठमाडौँको बालुवाटारका ३० वर्षीय सम्राट प्रसाईँ पनि पक्राउ परेका छन् ।
नियन्त्रणमा लिएका ६ जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त थानकोटमा राखिएको छ । नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो, ट्राफिक प्रहरी प्रभाग नागढुङ्गा र प्रहरी प्रभाग नागढुङ्गाको संयुक्त टोलीले आज २५ वटा सवारी साधनका चालकलाई चेक गर्दा ६ जनाले लागूपदार्थ सेवन गरी सवारी साधन चलाएको पाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण