रौतहटमा ९ थान सालको गोलीयासहीत मुखिया पक्राउ
रौतहट । रौतहटस्थित सशस्त्र वन सुरक्षा गस्ती टोलीले ९ थान अवैध सालको गोलीया काठसहित एकजना तस्करलाई पक्राउ गरेको छ। सेक्टर वन कार्यालय चोंचाका प्रमुख राजेश कुमार साहको नेतृत्वमा गएको गस्ती टोलीले ९ थान गोलिया काठसहित गुजरा ७ पल्टुवाका अच्छे लाल मुखियालाई पक्राउ गरेको हो।
राष्ट्रीय बन बाट तस्कर समूहले ठूलो परिमणमा काठ कटानी गरेर ल्याइरहेको सूचनाको आधारमा खटि गएको गस्ती टोलीले पल्टुवा गाउँ भन्दा दक्षिण नगरमा गएराती १० बजे ९ थान काठ,९ थान साईकल सहित तस्कर मुखिया लाई नियन्त्रणमा लिएको थियो।
मुखिया संगै गएका अन्य ८ जना तस्कर भने गस्ती टोली लाई हेरर साईकल सहित काठ छोडेर भाग्न सफल भएको सेक्टर प्रमूख साहले बताए । बरामद काठ साईकल सहित पक्राउ परेका तस्कर अच्छे लाल मुखिया सेक्टर वन कार्यालय चोंचाको नियन्त्रणमा रहेको तथा फरार तस्करको खोजि भइरहेको डिवीजन बन कार्यालय रौतहटका प्रमूख सुनिल कुमार कर्णले बताए ।
तस्करहरुबाट बरामद सवा ४२ क्युबीफिट सालको गुलिया काठको बजार मुल्य १ लाख ५० हजार भन्दा बढी पर्ने अनुमान गरिएको छ।
वर्षायाम सुरु भएसँगै रौतहटमा काठ तस्करहरु राति राति राष्ट्रीय तथा सामुदायीक वनबाट चोरीलुकी साईकलमा राखेर सालको काठ ढुवानी गर्ने गर्दछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण