बुटवलमा मोटरसाइकल चोरी गर्ने गिरोहका एक दर्जन युवा पक्राउ
बुटवल । बुटवल आसपासबाट विभिन्न स्थानमा मोटरसाइकलहरु चोरीमा संलग्न भएको आरोप प्रहरीले एक दर्जन युवाहरूलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको समन्वयमा तथा ईलाका प्रहरी कार्यालय बुटवल र मातहत समेतका प्रहरी कार्यालयहरूको खोजीमा १२ जना युवालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको हो ।
एक महिनाको अन्तरालमा उनीहरुलाई पक्राउ गरी सार्वजनिक गरिएको सोमवार आयोजित पत्रकार सम्मेलनमा प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा अधिकांश १९ वर्षदेखि ३० वर्ष सम्मका युवाहरु रहेका छन् ।
पक्राउ पर्नेमा बुटवल ३ ज्योतीनगर बस्ने १९ वर्षीय तरुन राना, नवलपरासी (ब.सु.प.), रामग्राम नगरपालिका १४ बस्ने ४३ वर्षीय सुनीलकुमार चौधरी, रामग्राम नगरपालिका १६ बस्ने २० वर्षीय करन थारु, गुल्मी घर भई हाल रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ५ बस्ने २६ वर्षीय सरोज थापा रहेका छन् । त्यस्तै गुल्मी घर भई सोही ठाउँ बस्ने २६ वर्षीय दीपक रेगामीमगर, तिलोत्तमा नगरपालिका–६ बस्ने २४ वर्षीय दीपेश थापा, सोही स्थानका २५ को हितेश राना, बागलुङको वरेङ गाउँपालिका–५ सुखौरा बस्ने १९ वर्षीय आशिष सामत र २० वर्षीय दीपक सामत पनि पक्राउ परेका छन् ।
त्यस्तै पक्राउ पर्नेमा २९ वर्षीय गोरे भन्ने प्रमोद पुर्जा, बागलुङको वरेङ गाउँपालिका ५ भित्री वन बस्ने २२ वर्षीय मिलन खत्री र तिलोत्तमा नगरपालिका–४ बस्ने १८ वर्षीय आकाश नेपाली रहेको इप्रका बुटवलले जनाएको छ । पक्राउ परेकाहरुलाई चोरी सम्बन्धी मुद्दामा कानुनी प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण