बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

एसियन खेलकुदमा ‘भिभो’ मोबाइल फोनको आधिकारिक आपूर्तिकर्ता हुने

मङ्गलबार, २६ असार २०८०, १३ : ५४
मङ्गलबार, २६ असार २०८०

काठमाडौँ  । ग्लोबल टेक्नोलोजी ब्रान्ड भिभोे चीनमा हुने १९औँ एसियन खेलकुदका लागि मोबाइल फोनको आधिकारिक आपूर्तिकर्ता हुने भएको छ । जुन १५ मा होङझाव एसियन खेलकुदको १०० दिनको काउन्टडाउनको सुरुवात भएको थियो। 
सोही अवसरमा हस्ताक्षर समारोहमा यसबारे अन्तिम टुंगो लागेको हो । सो क्रममा होङझाव एसियन खेल आयोजक समितिका उप–महासचिव तथा कार्यकारी निर्देशक माओ गेन्होङ, समितिका अन्तर्राष्ट्रिय सम्बन्ध विभागका उप–प्रमुख सु जियान फेङ, समितिकै बजार विकास विभागका उप–प्रमुख डु मेङफेई र ये होङ तथा भिभो चीनका भाइस प्रेसिडेन्ट (ब्रान्डिङ) जिया जिंगडोंग लगायत अन्य अतिथिहरू उपस्थित थिए ।

यस १९औँ एसियन खेलकुद चीनको हाङ्चोउमा २०२३ सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म ४५ राष्ट्रको सहभागितामा हुनेछ । एसिया महादेशकै सबैभन्दा ठूलो बहु–खेलकुद कार्यक्रमको रूपमा रहेको यस होङझाव एसियन खेलकुदले सम्पूर्ण एसिया भरी खेलकुद मार्फत एकता र सौहार्दताको बातावरण बनाउनेछ ।

हस्ताक्षर समारोहमा बोल्दै हाङ्चोउ एसियन खेल आयोजक समितिका उप–महासचिव तथा कार्यकारी निर्देशक माओ गेन्होङले भने, “होङझाव एसियन खेलकुदकोे अवसरमा भिभोसँगको साझेदारीको लागि हामी निकै उत्सुक छौँ । खेलकुद कार्यक्रममा भिभोको बृहत् अनुभव र नवीन प्रविधियुक्त उत्पादनहरूका साथ प्रयोगकर्ताहरूको आवश्यकताहरू पूरा गर्ने भिभोको प्रतिबद्धता सँग–सँगै हामी पनि यस कार्यक्रमलाई प्रवद्र्घन गर्न र दर्शकहरूसँग बलियो र प्रभावकारी सम्बन्ध स्थापना गर्न सक्षम हुनेछौँ भन्नेमा हामीलाई विश्वास छ ।” 


भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत माइकलले भने, “१९औँ एसियन खेलकुदले हाङ्चोउको सांस्कृतिक र खेलकुद आकर्षणलाई एशिया र सम्पूर्ण विश्वमा देखाउँछ । १९औँ एसियन खेलकुदको आधिकारिक मोबाइल फोन आपूर्तिकर्ता र आधिकारिक इ–स्पोर्ट्स गेमिङ फोनको रूपमा भिभोले प्रोफेसनल इमेजिङ टेक्नोलोजी र एक वास्तविक इ–स्पोर्ट्स अनुभवलाई एकै ठाउँँमा ल्याउँदै खेलकुद मार्फत एकताको भावना बढाउन र यस खेललाई अझ भव्य बनाउन मद्दत गर्नेछ ।”

विगतका वर्षहरुमा पनि भिभोले सुदिरमान कप, एनबिए, फिफा वलर््डकप र युइएफए युरो जस्ता थुप्रै प्रतिष्ठित खेलकुद कार्यक्रमहरूमा सहकार्य गरेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप