भारतीय रुपैयाँसहित एक पुरुष प्रहरीको नियन्त्रणमा
हेटौंडा । मकवानपुरको रातोमाटेबाट भारतीय रकमसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बिहान ५ बजे हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ स्थित रातोमाटेबाट ३ लाख ७५ हजार भारतीय रुपैयाँसहित एकजनाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पक्राउ पर्नेमा भारत बेतियाथाना बैरिया ग्राम मियापुर दवौली–७ बस्ने वर्ष ४० को रमेश साह गुप्ताले रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादिर कार्कीले जानकारी दिए । उनका अनुसार रातोमाटेस्थित पूर्वपश्चिम राजमार्ग अन्तर्गतको सडक खण्डमा सवारी साधनहरु रोकी चेकजाँच गर्ने क्रममा काठमाडौँबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश ३–००१ ख २५१६ नम्बरको यात्रुवाहक बसमा सवार गुप्ताले लुकाई छिपाइ ल्याएको अवस्थामा सो रकम फेला परेको हो ।
गुप्ताले आफ्नो कम्मरको भागमा कपडाले बेरी लुकाई छिपाई गरी ल्याएको अवस्थामा उक्त रकम फेला परेको प्रवक्ता कार्कीले बताए । सो रकम नेपाली ६ लाख रुपैयाँ हुन आउने प्रवक्ता कार्कीको भनाई छ । फेला परेको हुदाँ उक्त रकमसहित गुप्तालाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको प्रवक्ता कार्कीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण