स्कुलबाट बच्चा लिएर फर्किने महिलाको सिक्री लुटेको आरोपमा ३ जना पक्राउ
काठमाडौँ । ललितपुरको चाकुपाट र धोबिघाटमा असार १७ पछि लगातार सुनको सिक्री लुटपाटको घटना भयो । लुटमा संलग्नहरुले स्कुल छुट्टीपछि बच्चा लिएर घर फर्किरहेका महिलालाई ‘टार्गेट’ गरिरहेका थिए । जिल्ला प्रहरी परिसर ललितपुरले लुटमा संलग्न ३ जनालाई पक्राउ गरेर मंगलबार सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–११ लुकुसी बस्ने वर्ष ३२ को लोलिन काजी महर्जन, ललितपुर–७ सुन्धारा बस्ने ३१ वर्षीय रवीन्द्र शाक्य र काठमाडौँको नरदेवी बस्ने ३३ वर्षीय रोहन नेपाली छन् ।
असार १९ मा ललितपुरको धोबिघाटमा सारिका कुशवाहसँग कुरा गर्दागर्दै आरोपीतले सिक्री लुटेर भागेको सिसिटिभी फुटेजमा देखिन्छ । कुशवाह बच्चा लिएर घर फर्किँदै थिइन् । बच्चा लिएर फर्किँदै गर्दा साथमा बच्चा र झोला हुनले प्रतिकार गर्न असहज परिस्थितिको मौकामा लुटेराले सिक्री लुट्ने गरेको ललितपुरका एसएसपी सिद्धि विक्रम शाहले बताए ।
आरोपीतहरु विरुद्ध प्रहरीले चोरी र लुटपाट मुद्दामा ७ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ । लोलिन महर्जन मुख्य लुटेरा हुन् । मोटरसाइकल बाट झरेर लुट्ने र स्ट्याण्डबाई राखिएको मोटरसाइकल–स्कुटरमा चढेर भाग्ने उनीहरूको अपराध शैली देखिएको एसएसपी शाहले जानकारी दिए ।
रवीन्द्र शाक्य र रोहन नेपाली राइडर हुन् ।
हिरासतबाट साथीको फोन–‘आज लुटौं’
प्रहरीले लोलिन काजी महर्जनलाई केही दिनअघि नै पक्राउ गरेर थुनेको थियो । रोहन फरार थिए । प्रहरीको आग्रहमा हिरासतबाट लोलिनले रोहनलाई फोन गरेर भने–‘आज लुट्न जाऔं ।’ त्यसबेला उपत्यका अपराध अनुसन्धान कार्यालयले श्रृङ्खलाबद्ध सिक्री लुटमा संलग्नहरुलाई पक्राउ गरेर सार्वजनिक गरेको घटना संचार माध्यममा प्रकाशित भैसकेको थियो । अनि, लोलिनलाई रोहनले जवाफ दिए–‘पत्रिका पढ्दैनस्, फेसवुकमा हेर, प्रहरीले समातिराछ ।’
लोलिनले केही बेरमा जवाफ फर्काए–‘केटीएम डुकमा चढेर लुट्नेहरुलाई समातेको रहेछ, हाम्रोबारेमा प्रहरीलाई थाहै छैन् ।’ त्यसपछि रोहन बाहिर निस्कन राजी भए । रोहनलाई मंगलबार सुन्धाराबाट पक्राउ गरिएको एसएसपी शाहले जानकारी दिए । आरोपीहरुले लुटेको १ थान सुनको सिक्री बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण