‘बैंकको कर्मचारी हुँ’ भन्दै ओटीपी मागेर २१ वर्षीय युवकद्वारा लाखौँ ठगी
काठमाडौँ । बैंकको आधिकारिक कर्मचारी हुँ भन्दै लाखौँ रुपैयाँ ठगी गर्ने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको धनपालनाथ गाउँपालिका–१ बस्ने २१ वर्षीय महमद मोजाहीद मिया रहेका छन् ।
मियाँले आफूलाई बैंकको कर्मचारी भन्दै बैंक खातासँग वालेट आइडी लिंकअप, खता नवीकरण, केवाईसी फर्म अपडेट, स्टेटमेन्ट भेरिभाई, सेक्युअर ट्रान्सफर चार्ज नलाग्ने, राम्रो बोनस प्राप्त हुने जस्ता काम गरिदिने बहानामा पीडितहरूसँग ओटीपी कोड माग्ने गरेका थिए । त्यसपछि उनीहरूको बैंक खाताबाट अन्यत्र बैंक खाता र वालेटमा रकम रकमान्तर गर्ने गरेका थिए ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार मियाँले यसरी विभिन्न व्यक्तिहरुबाट ११ लाख १२ हजार ८४० रुपैयाँ ठगी गरेको पत्ता लागेको छ । उनलाई पक्राउ गरी ठगीसम्बन्धी कसूरमा आवश्यक अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको रेग्मीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण