हेटौंडाबाट सुनसहित एक जना पक्राउ
काठमाडौँ । हेटौंडाको रातोमाटबाट अवैध सुनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । करिब ४७ लाख रुपैयाँ बराबरको अवैध सुनसहित एक युवालाई पक्राउ गरिएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–१ का ३५ वर्षीय प्रभु सोनार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार विशेष सूचनाको आधारमा हेटौंडा–१५, रातोमाटेस्थित चेकपोष्टमा बिहीबार बिहान करिब ११ बजेको समयमा काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको ना १ ज ७४९० नम्बरको सुमो चेक गर्दा उक्त परिणाममा अवैध सुनसहित सोनारलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले उनको साथबाट ४८९ ग्राम ३७ मिलि ग्राम सुन बरामद गरेको प्रवक्ता कार्कीले बताए । हालको बजार भाउ अनुसार उक्त सुनको मूल्य ४७ लाख ३६ हजार ७५९ रहेको छ ।
पक्राउ परेका सोनारलाई सुनसहित थप अनुसन्धान र कारबाही गर्न राजस्व अनुसन्धान कार्यालय बाराको पथलैया पठाएको प्रवक्ता कार्कीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण