स्रोत नखुलेको २० लाख रुपैयाँसहित युवक पक्राउ
बिहीबार, २८ असार २०८०, २१ : ३९
बाँके । बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाहस्थित शर्मा गल्लीबाट २० लाख नेपाली रुपैयाँसहित सशस्त्र प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । सोही उपमहानगरपालिकाको जयसपुर बस्ने २० वर्षीय सोहेल कुरेशीलाई प्रस्तावित सीमा सुरक्षा गुल्म जमुनाहले उल्लेखित रुपैयाँ सहित पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेका कुरेशी चढेको मोटरसाइकल चेक जाँच गर्ने क्रममा चालक भने मोटरसाइकलसहित भागेका थिए । मोटरसाइकल पछाडि बसेका कुरेशीले बोकेको सो रकमको स्रोत खुलाउन नसकेपछि उनलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका कुरेशीलाई बरामद रुपैयाँ सहित आवश्यक कारबाहीको लागि नेपालगञ्ज भन्सार कार्यालय जमुनाह बाँकेमा बुझाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण