अवैध लागुऔषध गाँजासहित ३ जना पक्राउ
काठमाडौं । धादिङ र बाराबाट प्रहरीले लागुऔषध गाँजासहित ३ जनालाई पक्राउ गरेको छ । धादिङको गजुरी गाउँपालिका–८ चालिसेबाट १० किलो गाँजा सहित २९ वर्षीय रविन दोङ तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । तामाङलाई ईलाका प्रहरी कार्यालय गजुरीले अनुसन्धान गरिरहेको छ । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ बाट प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा जितपुर सिमरा बस्डिल्वा बस्ने २७ वर्षीय अजय राउत अहीर र पर्सा सुगौली गाउँपालिका–२ बस्ने ३१ वर्षीय मेघराज यादव छन् । उनीहरुको साथबाट दुई केजी गाँजा बरामद गरिएको ईलाका प्रहरी कार्यालय अमलेखगञ्जले जनाएको छ । ना.५१ प ८३३९ नम्बरको मोटरसाइकलको ट्याङकीमा लुकाई ल्याएको गाँजा बीआर ०५ जेड ८५११ नम्बरको मोटरसाइकलमा ट्याङकी सहित बदल्दै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण