पूर्वी तराईमा अविरल वर्षा, डुबान सुरु
विराटनगर । अविरल वर्षाको कारण पूर्वी तराईमा डुबान सुरु भएको छ । यो वर्ष पहिलोपटक डुबान सुरु भएको हो । मोरङ प्रहरीका अनुसार विराटनगर लगायत जिल्लाका कतिपय स्थानका बस्तीमा खोलाहरू पसेका छन् । जसका कारण ठुलो क्षति नभए पनि मानिसहरू प्रभावित बनेका छन् ।
विराटनगरस्थित सिंघीया खोलाको बाढी विराटनगर १, २ र ८ नम्बर वडाको सुकुम्वासी बस्तीमा पसेको छ । जसका कारण त्यस क्षेत्रको अधिकांश स्थान डुबानमा परेको छ । बाढी बस्तीमा पस्दा विराटनगर १ गङ्गा टोल र विराटनगर २ को सुकुम्वासी बस्तीको एक दर्जन बढी घर परिवार विस्थापित भएका छन् ।
यस्तै विराटनगर ८ स्थित बालगोपाल टोलमा मात्र सुकुम्वासी बस्तीमा खोलाको बाढी पस्दा एक दर्जन घर डुबानमा परेको विराटनगर ८ का वडाध्यक्ष राम पोखरेलले बताए । बाढी पसेको घरपरिवारका सदस्यहरूलाई सुरक्षित स्थानमा सारेको उनले सुनाए ।
यस्तै विराटनगरको ६, ७, ८, ११, १२, १५, १६ र १९ नम्बर वडाका घरहरू पनि जलमग्न भएका छन् । उनीहरूलाई प्रहरीले उद्धार कार्य गरिरहेको छ । यस्तै, कटहरी र जहदा गाउँपालिकाभित्र एक दर्जन बढी घरहरूमा डुबानमा परेको मोरङ प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण