पतिको हत्या, अनुसन्धानका लागि पत्नी पक्राउ
रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकामा गएराति अज्ञात समूहले धारिलो हतियार प्रहार गरी एक युवकको हत्या गरेको घटनाबारे प्रहरीले अनुसन्धान तीव्र तुल्याएको छ ।
आफ्नै घरभित्र सुतिरहेका देवाही गोनाही–६ का ४० वर्षीय जगरनाथ साह कानुको धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीले मृतककी पत्नी चन्दा देवीलाई नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रमुख एवं प्रहरी निरीक्षक गोविन्द कुमार साहका अनुसार घटना गएराति ११ र १२ बजेको बीचमा भएको हुनसक्छ ।
मृतककी पत्नीले राति दुई बजेर १५ मिनेटमा घटनाबारे खबर गरेको र खबर पाउनासाथ घटनास्थल पुगेर अनुसन्धान सुरु गरिएको साहले बताए ।
प्रदेश प्रहरी कार्यालय जनकपुरबाट तालिम प्राप्त कुकुर झिकाइ कुकुरको सहयोगमा थप अनुसन्धान गरिएको mर सोही क्रममा मृतकको पत्नी चन्दा देवीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण