पतिको हत्या, अनुसन्धानका लागि पत्नी पक्राउ

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकामा गएराति अज्ञात समूहले धारिलो हतियार प्रहार गरी एक युवकको हत्या गरेको घटनाबारे प्रहरीले अनुसन्धान तीव्र तुल्याएको छ ।
आफ्नै घरभित्र सुतिरहेका देवाही गोनाही–६ का ४० वर्षीय जगरनाथ साह कानुको धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीले मृतककी पत्नी चन्दा देवीलाई नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रमुख एवं प्रहरी निरीक्षक गोविन्द कुमार साहका अनुसार घटना गएराति ११ र १२ बजेको बीचमा भएको हुनसक्छ ।
मृतककी पत्नीले राति दुई बजेर १५ मिनेटमा घटनाबारे खबर गरेको र खबर पाउनासाथ घटनास्थल पुगेर अनुसन्धान सुरु गरिएको साहले बताए ।
प्रदेश प्रहरी कार्यालय जनकपुरबाट तालिम प्राप्त कुकुर झिकाइ कुकुरको सहयोगमा थप अनुसन्धान गरिएको mर सोही क्रममा मृतकको पत्नी चन्दा देवीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४७ जना सहसचिवको सरूवा, को कहाँ ? (सूचीसहित)
-
आलेविरुद्ध लेखा समितिले पनि थाल्यो छानबिन
-
ट्रम्पका कारण बढिरहेछ सुनको भाउ, कतिमा गएर रोकिएला ?
-
शपथ खाएको २४ घण्टा नबित्दै मधेस मिडिया काउन्सिलका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा
-
५८ करोडको आयात हुँदा १८ हजारको निर्यात ! कहाँ गयो सुपारी ?
-
कक्षा १२ को परीक्षा नरोक्ने निर्णय, कसले के भने ?