एनआरएनए कतारको अध्यक्षमा भट्टको उम्मेदवारी
कतार । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) कतारको सन २०२३–२०२५ कार्यकालको लागि अध्यक्षमा रमेश भट्टले उम्मेदवारी घोषणा गरेका छन् । एनआरएनए मध्यपूर्वका डीआरसी समेत रहेका भट्टले कतारमा रहेका धेरै नेपाली संघ संस्थाहरुको समर्थनमा उम्मेदवारी घोषणा गरेका हुन् ।
उनलाई जनप्रगतिशील मञ्च कतार, जनसम्पर्क समिति कतार, प्रवासी नेपाली मञ्च कतार, जनजाती महासंघ कतार लगायत संस्थाले संयुक्त उम्मेदवारको रुपमा अघि सारेको बताइएको छ। एनआरएनको खस्कँदो गरिमालाई बचाई राख्दै संस्थालाई पारदर्र्शी, समावेशी, श्रमिक मैत्री एवम् विश्वसनीय एनसीसी बनाउने अभियानमा कतारमा रहेका सबै नेपालीहरुको साथ सहयोगको लागी भट्टले अनुरोध गरेका छन् ।
कतारको सामाजिक धेरै संघ–संस्थामा आवद्ध भएर नेतृत्व गर्दै प्राप्त गरेको ज्ञान र अनुभव लाई नेपाली समुदायको हितमा प्रयोग गर्ने उद्देश्यसहित गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको अध्यक्षमा उम्मेदवारी घोषणा गरेको उनको भनाइ छ । सो पदमा यसअघि जैबी राई चाम्लिङले आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जिम्बावेलाई हराउँदै भारतद्वारा टी–ट्वान्टी शृङ्खला ‘क्लिन स्वीप’
-
बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि
-
सरकारमा हुँदा गोर्खा र नागरिकताको मुद्दा सम्बोधन गर्न नसक्नु गल्ती : शेरधन राई
-
कतारका प्रधानमन्त्री र साउदी विदेशमन्त्रीबिच फोन वार्ता
-
पोखरा स्पोर्टस् अवार्डबाट ७ लाख ७१ हजार बचत
-
बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण