अवैध हतियारसहित एकजना पक्राउ
आइतबार, ३१ असार २०८०, १७ : २१
स्याङ्जा । भिरकोट नगरपालिका-७ चिउरीखर्क बस्ने ४० वर्षीय यम बहादुर गुरुङलाई अवैध एकनाले भरुवा बन्दुक १ थान, फलामको छर्रा ७ वटा, बारुद करिब ५० ग्राम, छर्रा बानाउने सिसा १ थान, सोडा करिब ५० ग्राम, पटाका २ थान र खुकुरी १ थानसहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
आफ्नै १७ वर्षीया छोरीलाई घरायसी विवादको विषयलाई लिएर धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी दहथुमबाट खटिएको प्रहरीले खुकुरी खोजी गर्ने क्रममा उक्त अवैध हतियार समेत फेला पारी उनलाई पक्राउ गरेको हो ।
साथै घाइतेलाई उपचारको लागि भिरकोट नगर अस्पताल पठाएकोमा सामान्य उपचार पश्चात थप उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरा लगी उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण