प्रधानमन्त्रीको नक्कली आधार कार्ड बनाउने पुरुषको आदत नै ‘नकारात्मक’
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम र फोटो राखेर नक्कली भारतीय आधार कार्ड सहितका कागजात बनाउने पुरुषको आदत नै ‘नेगेटिभ’ देखिएको छ । आइतबार रुपन्देहीको बुटवल उपमहानगरपालिका, सुख्खानगरबाट शेरबहादुर राना मगर उर्फ टाइगरलाई प्रहरीले पक्राउ गरेर काठमाडौँ ल्याएको छ । आरोपित शेरबहादुर विरुद्ध साइबर ब्युरोले अनुसन्धान सुरु गरेको छ ।
‘टाइगर राना मगर’ नामबाट सामाजिक संजाल ‘फेसबुक’ चलाउँदै आएका शेरबहादुरले प्रधानमन्त्रीको तस्बिर प्रयोग गरि घनश्याम दाहाल नाममा ‘नक्कली’ आधार कार्ड, भारतीय रासन कार्ड र स्थायी लेखा सङ्ख्या कार्ड बनाएर सामाजिक सञ्जालमा शेयर गरेका थिए । उनको फोटोसप प्रयोग गरेर ती कागजात बनाएर शेयर गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।
प्रधानमन्त्रीको तस्बिर प्रयोग गरि हुँदै नभएको ‘नक्कली’ भारतीय कागजात बनाएर पोस्ट गरेको आरोपमा उनलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोकी प्रमुख एआईजी किरण बज्राचार्यले रातोपाटीलाई बताइन् ।
टाइगर राना मगरले सामाजिक सञ्जालमा दर्जनौँ ‘अमानवीय’ कमेन्ट गरेको अनुसन्धानमा संलग्न एक जना अधिकृतले रातोपाटीलाई बताए । ती अधिकृत भन्छन्, ‘उनको आदत नै नकारात्मक देखिएको छ ।’
करिब ४९ वर्षका टाइगर आइटीका जानकार हैनन् । उनी बुटवलका स्थायी बासिन्दा हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण