नक्कली बाबु बनेर नागरिकताको सिफारिस गर्ने दुई जना कारागार चलान
विराटनगर । नक्कली बाबु बनेर नागरिकताको सिफारिस गर्ने दुई जनालाई मोरङ जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ ।
डेढ वर्ष अगाडि पक्राउ परेका ताप्लेजुङ मौवाखोला ४ का ६१ वर्षीय सूर्यहाङ लिम्बू र सुनसरीको धरान ११ बस्ने ६० वर्षका सूर्यबहादुर फयाङ लिम्बूलाई जिल्ला अदालत मोरङले सोमबार पुर्पक्षका लागि कारागार चलान गरेको हो ।
दुवैजनालाई प्रहरीले २०७८ साल माघ २४ गते पक्राउ गरेको थियो । जिल्ला प्रशासन कार्यालय मोरङबाट सूर्यहाङ लिम्बूले बेलबारी नगरपालिका ११ बस्ने भन्दै आफू बुबा भएको कागजात बनाएर कास्की पोखरा १० स्थायी घर भएका रविन गुरुङ, पोखरा १२ का प्रसान्त मगर र पोखरा १६ का गणेश गुरुङलाई नागरिकता बनाउन सिफारिस गरेका थिए । सो किर्ते धन्दामा सूर्यहाङलाई सूर्यबहादुरले सहयोग गरेका थिए ।
झुटो विवरण पेश गरेको थाहा पाएपछि पक्राउ परेका लिम्बूद्वयले सुरज लिम्बू, साजन लिम्बू र सविन लिम्बूको नाममा झुटो नागरिकता बनाएको खुलेको थियो । त्यसै क्रममा पक्राउ परेका उनीहरुलाई प्रहरीले आवश्यक अनुसन्धान गरी मोरङ जिल्ला अदालतमा पेश गरेको थियो । अदालतको आदेशले उनीहरु पुर्पक्षको लागि कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता रन्जनकुमार दाहालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण