श्रीलङ्काको संसदद्वारा भ्रष्टाचार विरोधी विधेयक पारित
बुधबार, ०३ साउन २०८०, २१ : १०
कोलम्बो । श्रीलङ्काको संसदले बुधबार भ्रष्टाचार विरोधी विधेयक पारित गरेको संसद्को सञ्चार एकाइले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
संसद्को सञ्चार एकाइका अनुसार उक्त विधेयक संशोधनसहित पारित भएको हो ।
यसअघि उक्त विधेयक संविधानसम्मत छ कि छैन भनेर सर्वोच्च अदालतमा पठाइएको थियो ।
अदालतले विधेयकको मस्यौदामा संविधानसँग बाझिएका केही दफा रहेको र त्यसलाई संशोधन गरिएको जानकारी सभामुखलाई गराएको थियो ।
श्रीलङ्काले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग आफ्नो मुलुकको शासन प्रणालीमा सुधार ल्याउन र भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धिअनुसार भ्रष्टाचार विरोधी नियमहरू ल्याउन गरेको सम्झौतासँग यो कानून जोडिएको छ ।-(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण