श्रीलङ्काको संसदद्वारा भ्रष्टाचार विरोधी विधेयक पारित
बुधबार, ०३ साउन २०८०, २१ : १०

कोलम्बो । श्रीलङ्काको संसदले बुधबार भ्रष्टाचार विरोधी विधेयक पारित गरेको संसद्को सञ्चार एकाइले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
संसद्को सञ्चार एकाइका अनुसार उक्त विधेयक संशोधनसहित पारित भएको हो ।
यसअघि उक्त विधेयक संविधानसम्मत छ कि छैन भनेर सर्वोच्च अदालतमा पठाइएको थियो ।
अदालतले विधेयकको मस्यौदामा संविधानसँग बाझिएका केही दफा रहेको र त्यसलाई संशोधन गरिएको जानकारी सभामुखलाई गराएको थियो ।
श्रीलङ्काले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग आफ्नो मुलुकको शासन प्रणालीमा सुधार ल्याउन र भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धिअनुसार भ्रष्टाचार विरोधी नियमहरू ल्याउन गरेको सम्झौतासँग यो कानून जोडिएको छ ।-(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिसा साह मृत्यु प्रकरण : कीट विश्वविद्यालयद्वारा दुःख व्यक्त
-
माओवादीले एक लाख जनता उतारेपछि राजावादीको आन्दोलन ओझेलमा पर्यो : महासचिव देव गुरुङ
-
सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा लगानी बढाउन प्रधानमन्त्रीको आग्रह
-
स्वास्थ्यमन्त्रीको चेतावनी : आठौँ तह सरह भत्ता नदिने मेडिकल कलेजको सम्बन्धन खारेज हुनसक्छ
-
मेयर–उपमेयर ‘टकराब’ : सुनिताको प्रतिरोध एकपछि अर्को किन ?
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको न्यायिक छानबिन आवश्यक छ : महासचिव गुरुङ