स्रोत नखुलेको १२ लाखसहित विराटनगरबाट दुई भारतीय नागरिक पक्राउ
विराटनगर । स्रोत नखुलेको १२ लाख ४६ हजार ४ सय रुपैयाँसहित सशस्त्र प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । बोर्डर आउट पोस्ट (बिओपी) रानीले विराटनगर २ नम्बर ढाटबाट आज दिउँसो ७ लाख ७९ हजार भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारत विहारका ८१ वर्षीय राम नरेश सिंह र सवारी चालक ३३ वर्षीय रितेस जसवान रहेको छन् । उनीहरु भारतबाट नेपाल प्रवेश गरेको बी आर ०१ पीजी २११५ नम्बरको सेता स्कारपीयो गाडी चेकजाच गर्ने क्रममा भारतीय रुपैयाँसहित बिओपी रानीका सशस्त्र प्रहरी निरीक्षक प्रमेश श्रेष्ठको नेतृत्वको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।
चेकजाँच गर्ने क्रममा सुरकेसमा राखिएको भारतीय रकम फेला परेको सशस्त्र प्रहरी बल मोरङका एसपी तिर्थ थापाले जानकारी दिए । पक्राउ परेका भारतीय नागरिक, भारतीय रुपैयाँ र गाडी अहिले बिओपी रानीमा राखेर थप अनुसन्धान गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण