शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ पार्टी उर्लंदो खहरे हुन् : रमेश लेखक

शनिबार, ०६ साउन २०८०, १५ : ४७
शनिबार, ०६ साउन २०८०

रामेछाप ।  नेपाली कांग्रेस प्रमुख सचेतक रमेश लेखकले नयाँ दललाई खहरेको संज्ञा दिएका छन् ।  बीपी स्मृति दिवसका अवसरमा रामेछाप आएका प्रमुख सचेतक लेखकले पुराना पार्टीवाट नै निकास निस्कने दाबीसमेत गरेका छन् ।

रामेछापको भंगेरीमा आयोजित वृक्षारोपण कार्यक्रमका लागि प्रमुख अतिथि भएर आएका लेखकले भने, ‘कांग्रेस सुख्खायाम मानिने हिउँदको मंसिर पुसमा पनि उत्तिकै लयमा बग्ने नदी समान पार्टी हो, अरु खहरे हुन्, ती मंसिर आए पछि देखिदा पनि देखिँदैनन् ।’ 

पार्टीका संस्थापक बीपी कोइराला कांग्रेसको नेता मात्रै नभएर महामानवसमेत भएको बताउँदै खरेलले हरेक कांग्रेसले बीपीको सिद्धान्तमा हिँडनुपर्ने र उनका विचार अनुसरण गर्नुपर्नेमा जोड गरेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप