विश्व खाद्य कार्यक्रमको ‘नक्कली कार्यालय’ खोलेर ठगी, २ जना पक्राउ
काठमाडौँ । कृषि मन्त्रालय अन्तर्गतको ‘विश्व खाद्य कार्यक्रम’ को नक्कली कार्यालय खोलेर ठगेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जयराम केसी भनेर चिनिने घनश्याम कटुवाल र लिला भोलन छन् । कटुवाल सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९ का स्थानीय हुन् ।
हेटौंडा घर भएका भोलनसँग मिलेर कटुवालले सरकारी कर्मचारीको आवरणमा कार्यालय नै खडा गरेर ठगी धन्दा चलाएको अनुसन्धानबाट थाहा भएको छ ।
प्रहरी वृत महाराजगञ्जले लामो अनुसन्धानपछि उनीहरुलाई पक्राउ गर्न सफल भएको हो । कृषि मन्त्रालयको छाप र लोगो प्रयोग गरेर आरोपीहरुले १५ लाखभन्दा बढी ठगेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दानबहादुर कार्कीका अनुसार आरोपितहरुले कार्यालय खडा गरेर कार्यालय प्रमुख र शाखा अधिकृत भनेर नेमप्लेट राखेका थिए ।

फर्निचर खरिदका लागि टेण्डर आह्वान गरेर उनीहरुले एकपटक उधारोमा समान लिइसकेको अनुसन्धानबाट थाहा भएको छ । कार्यालयमा ‘कर्मचारी भर्ना’ को आवरणमा पनि उनीहरुले ठगेको भेटिएको छ । महाराजगञ्ज वृतका प्रहरी नायव निरिक्षक राजन ढुंगाना नेतृत्वको टोलीले जयरामलाई भक्तपुरको कौशलटार पक्राउ गरेको हो ।
लिला भोलन नारायणस्थानबाट पक्राउ परेका हुन् । आरोपितहरुले नारायणस्थानमा कार्यालय खोलेर ठगधन्दा चलाएको एसएसपी कार्कीले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् । कार्यालयमा जयराम केसीले आफ्नो ओहदा उप–सचिव (कार्यालय प्रमुख) भनेर नेमप्लेट राखेका थिए । पेम्बा तामाङको नाममा शाखा अधिकृत लेखेर टाँसेको नेमप्लेट प्रहरीले बरामद गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण