‘अमेरिका सपना’ देखाएर बेचबिखन गरेको आरोपमा युवक पक्राउ
काठमाडौँ । अमेरिका लैजान्छु भनेर नेपाली नागरिकलाई अर्को देशमा लगेर बन्धक बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
कास्कीको पोखरा उप–महानगरपालिका–२७ घर भएर काठमाडौँ बस्ने ३४ वर्षीय कमल तामाङलाई पक्राउ गरिएको मानव बेचबिखन ब्युरोका एसएसपी जीवन श्रेष्ठले रातोपाटीलाई बताए ।
‘अमेरिका सपना’ देखाएर आरोपीले पीडितलाई भारतको नयाँदिल्ली, श्रीलंका, दुबई, सिंगापुर र फिलिपिन्स लगायतका देशमा लगेर बन्धक बनाउने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । विभिन्न मुलुकमा लगेर बन्धक बनाइएका पीडितहरु फर्केर कमल तामाङको विरुद्ध उजुरी गरेको एसएसपी श्रेष्ठले बताए ।
आरोपित तामाङविरुद्ध ब्युरोमा ४ वटा जाहेरी दर्ता भएको छ । गिरोहले पीडितहरुबाट २ करोड २६ लाख असुलेको भेटिएको छ । कमल तामाङले नेपालमा बसेर कागजात संकलन गरेर र पीडितहरुलाई सम्पर्कमा ल्याउने भूमिका खेलेका थिए । गिरोहका अन्य सदस्यहरू दुबई र अमेरिकामा बसेर बेचबिखनमा संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।
बेचबिखन गर्ने गिरोहले कमललाई काठमाडौँको गुहेश्वरीमा फ्ल्याटमा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण