पाँच किलो अफिमसहित कोहलपुरबाट तीन जना पक्राउ
बिहीबार, ११ साउन २०८०, ०८ : ५७
नेपालगन्ज । बाँकेको कोहलपुरबाट पाँच किलो ३ सय ६८ ग्राम लागू औषध अफिमसहित तीन जना पक्राउ परेका छन्। कोहलपुर नगरपालिका वडा नम्बर–११ बसपार्कस्थित कोहलपुर कटेज रेस्टुरेन्ट एन्ड लजको कोठा नम्बर १०६ बाट ५ किलो ३६८ ग्राम अफिमसहित तीन जनालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।
जुम्ला तिला गाउँपालिका वडा नम्बर ३ का ४१ वर्षीय हरिप्रसाद भट्टराई, ३० वर्षीय देवीप्रसाद भट्टराई र ४० वर्षीय भवानीप्रसाद भट्टराई पक्राउ गरेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।
इलाका इन्चार्ज सुन्दर तिवारीका अनुसार पक्राउ परेका तीनै जनाले लागू औषध अफिम कारोबार गरिरहेका छन् भन्ने विशेष सूचनाका आधारमा प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङ तथा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण