एनआरएनए कोरियाको मतदान समय तय
कोरिया । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) दक्षिण कोरियाको आगामी कार्यकाल २०२३ देखि २०२५ को लागि जुलाई २९ मा अधिवेशन र जुलाई ३० मा नयाँ कार्यसमिति चयनका लागि मतदान गरिने निर्वाचन प्रमुख गंगाराज राईले बताएका छन् ।
निर्वाचन जुलाई ३० आइतवार बिहान ६ बजेबाट शुरु भई बेलुका ३ बजेसम्म हुने राईले बताए । उक्त निर्वाचनमा ढुक्कसँग सहभागी भई मतदान गर्न निर्वाचन प्रमुख राईले समस्त कोरियावासी नेपालीहरुलाई आग्रह गरेका छन् । निर्वाचनका बारेमा बिभिन्न हल्ला फैलिएपछि राईले अनलाईन मार्फत निर्धारित समयमै निर्वाचन हुने दावी गरेका हुन् ।
एनआरएनए कोरियाका सँस्थापक अध्यक्ष,एसिया प्याशिफिक संयोजक एबं एनआरएनए अभियन्ता गंगाराज राईले आफू यो सँस्थाको सँस्थापक नै भएकाले र धेरै ठाउँमा यस्ता निर्वाचन सम्पन्न गराईसकेकाले समस्त कोरियावासी नेपालीहरुलाई ढुक्कसँग अनलाईन निर्वाचनमा सहभागी भई आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरे ।
एनआरएनएको अधिवेशनका लागि नेपालबाट प्रमुख अतिथी पर्यटन राज्यमन्त्री सुशीला श्रीपाली ठकुरी,अतिथीहरु संविधान सभा सदस्य हरि ढकाल, नेपाली राजदूतावास सिउलका राजदूत ज्योती प्याकुरेल भण्डारीलगायत कोरिया आइसकेका छन् ।
एनआरएनए कोरियाको नेतृत्वमा ३ जनाको उम्मेदवारी रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण