शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएनए कोरियाको मतदान समय तय

शुक्रबार, १२ साउन २०८०, २३ : ४७
शुक्रबार, १२ साउन २०८०

कोरिया । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) दक्षिण कोरियाको आगामी कार्यकाल २०२३ देखि २०२५ को लागि जुलाई २९ मा अधिवेशन र जुलाई ३० मा नयाँ कार्यसमिति चयनका लागि मतदान गरिने निर्वाचन प्रमुख गंगाराज राईले बताएका छन् ।  

निर्वाचन जुलाई ३० आइतवार बिहान ६ बजेबाट शुरु भई बेलुका ३ बजेसम्म हुने  राईले बताए । उक्त निर्वाचनमा ढुक्कसँग सहभागी भई  मतदान गर्न निर्वाचन प्रमुख  राईले समस्त कोरियावासी नेपालीहरुलाई  आग्रह गरेका छन् । निर्वाचनका बारेमा बिभिन्न हल्ला  फैलिएपछि राईले अनलाईन मार्फत निर्धारित समयमै निर्वाचन हुने दावी गरेका हुन् ।

 एनआरएनए कोरियाका सँस्थापक अध्यक्ष,एसिया प्याशिफिक संयोजक एबं एनआरएनए अभियन्ता गंगाराज राईले आफू यो सँस्थाको सँस्थापक नै भएकाले र धेरै ठाउँमा यस्ता निर्वाचन सम्पन्न गराईसकेकाले समस्त कोरियावासी नेपालीहरुलाई ढुक्कसँग अनलाईन निर्वाचनमा सहभागी भई आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरे ।

एनआरएनएको अधिवेशनका लागि नेपालबाट प्रमुख अतिथी  पर्यटन राज्यमन्त्री सुशीला श्रीपाली ठकुरी,अतिथीहरु संविधान सभा सदस्य हरि ढकाल, नेपाली राजदूतावास सिउलका राजदूत ज्योती प्याकुरेल भण्डारीलगायत कोरिया आइसकेका छन् ।

एनआरएनए कोरियाको नेतृत्वमा ३ जनाको उम्मेदवारी रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप