मोटरसाइकल चेकजाँच गर्दा पेस्तोल र गोली बरामद, दुईजना पक्राउ
आइतबार, १४ साउन २०८०, १३ : ४०
सिरहा । सुखिपुर नगरपालिका-४ गोडिअर्वाबाट होममेड सेमी अटोमेटिक पेस्तोल १ थान र सोही पेस्तोलमा लाग्ने ५ राउण्ड गोलीसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा औरही गाउँपालिका-२ बननिया बस्ने २४ वर्षीय कम्रुदिन राइन र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन् ।
प्रहरी चौकी सिलौर्वापछवारीबाट खटिएको प्रहरीले बीआर ३२ एएम ३७७८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त हतियारसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण