जडीबुटी मुद्दाका फरार अभियुक्त पक्राउ
महेन्द्रनगर । वन पैदावार पाँचऔले चोरी निकासी मुद्दामा विगत छ वर्षदेखि फरार रहेका अभियुक्तलाई कञ्चनपुर प्रहरीले आज पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक भरतराज गिरीले जिल्ला अदालत कञ्चनपुरबाट विसं २०७४ भदौमा वन पैदावार पाँचऔले चोरी निकासी मुद्दामा एक वर्ष कैद भइ फरार रहेका कञ्चनपुरको भीमदत्त नगरपालिका–९ का किसन सिंह कार्कीलाई पक्राउ गरिएको जानकारी दिए ।
घर छेउछाउमा लुकिछिपी बस्दै आएको अवस्थामा फरार अभियुक्त कार्कीलाई प्रहरीले जिल्ला अदालतमा पेश गरी अदालतले सजाय भुक्तानका लागि कञ्चनपुर कारागार पठाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार यहाँ विभिन्न मुद्दामा कैद सजाय भएका अभियुक्त प्रक्राउ गर्न जिल्लाभर प्रहरी सक्रिय रहेको छ ।
प्रहरीले कञ्चनपुरबाट गत आव २०७९र८० मा ७२ फरार अभियुक्तलाई पक्राउ गरी कैद सजायका लागि कारागार पठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण