बौद्ध र थली एरियामा गुण्डागर्दी गर्ने ५ जना पक्राउ
काठमाडौँ । काठमाडौँको बौद्ध र थली एरियामा गुण्डागर्दी गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका श्याम बहादुर लामा, भीम बहादुर बस्नेत, गोविन्द गजमेर, प्रविण तामाङ र रामेछाप घर भएका बिक्की लामा उर्फ बाफ्ले छन् ।
समूहमा हिँड्ने र धाकधम्की दिएर उनीहरुले थली र बौद्ध क्षेत्रमा गैरकानुनी रुपमा रकम माग्ने गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी डा. मनोज केसीले रातोपाटीलाई बताए । गुण्डागर्दीमा संलग्नहरुले सर्वसाधारणसँग विवाद गरेर डरत्रास र भय सिर्जना गर्ने गरेका थिए ।
समूहमा गएर उनीहरुले सर्वसाधारणलाई कुटपिट समेत गर्ने गरेको गुनासोका आधारमा मंगलबार अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई पक्राउ गरेको हो । आरोपीतहरुलाई थप अनुसन्धान र कारवाहीका लागि प्रहरी वृत्त बौद्धमा पठाइएको एसएसपी केसीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण