कालिगण्डकीमा जिप दुर्घटना गराएर स्टोर संचालकको रकम हिनामिना गर्ने दम्पती पक्राउ
काठमाडौँ । म्याग्दीस्थित कालिगण्डकीमा योजनाबद्ध जिप दुर्घटना गराएर स्टोर संचालकको रकम हिनामिना गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दीको मालिका गाउँपालिका–५ घर भएका कमलेश परियार र उनकी पत्नी सिता लौडारी परियार छन् ।
बेनी नगरपालिकास्थित ‘सुमन किराना स्टोर’को सामान ढुवानी गर्ने जिप चालक हुन् कमलेश परियार । उनले योजनाबद्ध रुपमा ग.२ च १०३१ नम्बरको बोलेरो जिप दुर्घटना गराएर स्टोरको रकम लिएर भागेको अनुसन्धानबाट थाहा भएको म्याग्दीका डिएसपी मदन कुँवरले रातोपाटीलाई बताए ।
जिप चालक परियार साउन १० देखी सम्पर्क विहीन भएपछि प्रहरीले उनको खोजी अघि बढाएको थियो । खोजतलास गर्दा उनको जिम्मामा रहेको जिपको अगाडिको सिसा र पैसा उठाउन स्टोरले दिएको रसिद, बिल र चलानी कालिगण्डकीको किनारामा भेटिएको थियो । साउन १२ मा रघुगंगा गाउँपालि–३ स्थित कालिगण्डकीको किनारामा जिपको चक्का भेटिएपछि सशस्त्र प्रहरीको सहयोगमा नदीमा खोजी गरिएको डिएसपी कुँवरले बताए ।
तर, अनुसन्धान गर्दै जाँदा कमलेश काठमाडौँमा लुकेको सुराक पाएपछि प्रहरीले उनलाई नयाँ बसपार्कबाट पक्राउ गरेर म्याग्दीमा लगेको छ । ‘सुरुमा चालक र गाडी बेपत्ता भएको आशंकामा खोजी गरेका थियौँ’ डिएसपी कुँवर भन्छन्–‘तर, योजनाबद्ध रुपमा दुर्घटना गराएको पुष्टि भएको छ ।’
सामान बेचेर उठेको २ लाख भन्दा धेरै नगद उनले पत्नीलाई राख्न दिएको अवस्थामा प्रहरीले बरामद गरेको छ । कमलेश गाडी चालक र सेल्सम्यान पनि थिए ।
पत्नीसँग मिलेर योजनाबद्ध गाडी दुर्घटना गराएर रकम हिनामिना गरेको देखिएपछि प्रहरीले पत्नीलाई पनि पक्राउ गरेको छ । अरोपीतहरुविरुद्ध ‘आपराधिक विश्वासघात’को कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको डिएसपी कुँवरले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण