सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

हिजो रिसाएका हिक्मतले आज दिए नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुलाई बधाई

बिहीबार, १८ साउन २०८०, १६ : १९
बिहीबार, १८ साउन २०८०

काठमाडौँ । कोशी प्रदेशका निवर्तमान  मुख्यमन्त्री हिक्मत कार्कीले नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुलाई बधाई दिएका छन् । 

आज (बिहीबार) एक विज्ञप्ति जारी गर्दै नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता समेत रहेका कार्कीले आफ्नो कार्यकालमा धेरै राम्रा कामहरु भएको भन्दै पछिल्लो राजनीतिक समीकरणमा आएको फेरबदलसँगै कोशीमा पनि सरकार परिवर्तन भएको जनाएका छन् ।

 ‘नव नियुक्त मुख्यमन्त्री एवं मन्त्रिपरिषद्का सदस्यहरुलाई हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु’, कार्कीले भनेका छन् । 

उनले कोशी प्रदेशमा नेकपा एमालेको नेतृत्वको सरकार सञ्चालनको अवधिमा सहयोग र सद्भाव राख्ने प्रदेश प्रमुख, सभामुख, मन्त्रीहरु, उपसभामुख, प्रदेश सभा सदस्यहरु, नेकपा एमाले, राप्रपालगायत सम्पूर्ण राजनीतिक दल र दलका नेता तथा कर्मचारीहरुप्रति आभार व्यक्त गरेका छन् । 

यसअघि हिजो (बुधबार) काकीले मुख्यमन्त्री थापाको शपथ ग्रहणमा आफूलाई नबोलाएको बन्दै रिसाएका थिए । उनले सामाजिक सञ्जालमार्फत मुख्यमन्त्रीको शपथ ग्रहणमा निवर्तमान मुख्यमन्त्रीलाई नबोलाउनु निर्लज्जताको पराकाष्ठा भएको बताएका थिए । यस्तै एमाले कोशी प्रदेशले विज्ञप्ति जारी गर्दै कार्कीलाई नबोलाइएको घटनाप्रति आपत्ति प्रकट गरेको थियो । 

hh1

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप