हिजो रिसाएका हिक्मतले आज दिए नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुलाई बधाई
काठमाडौँ । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुलाई बधाई दिएका छन् ।
आज (बिहीबार) एक विज्ञप्ति जारी गर्दै नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता समेत रहेका कार्कीले आफ्नो कार्यकालमा धेरै राम्रा कामहरु भएको भन्दै पछिल्लो राजनीतिक समीकरणमा आएको फेरबदलसँगै कोशीमा पनि सरकार परिवर्तन भएको जनाएका छन् ।
‘नव नियुक्त मुख्यमन्त्री एवं मन्त्रिपरिषद्का सदस्यहरुलाई हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु’, कार्कीले भनेका छन् ।
उनले कोशी प्रदेशमा नेकपा एमालेको नेतृत्वको सरकार सञ्चालनको अवधिमा सहयोग र सद्भाव राख्ने प्रदेश प्रमुख, सभामुख, मन्त्रीहरु, उपसभामुख, प्रदेश सभा सदस्यहरु, नेकपा एमाले, राप्रपालगायत सम्पूर्ण राजनीतिक दल र दलका नेता तथा कर्मचारीहरुप्रति आभार व्यक्त गरेका छन् ।
यसअघि हिजो (बुधबार) काकीले मुख्यमन्त्री थापाको शपथ ग्रहणमा आफूलाई नबोलाएको बन्दै रिसाएका थिए । उनले सामाजिक सञ्जालमार्फत मुख्यमन्त्रीको शपथ ग्रहणमा निवर्तमान मुख्यमन्त्रीलाई नबोलाउनु निर्लज्जताको पराकाष्ठा भएको बताएका थिए । यस्तै एमाले कोशी प्रदेशले विज्ञप्ति जारी गर्दै कार्कीलाई नबोलाइएको घटनाप्रति आपत्ति प्रकट गरेको थियो ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण