सिद्धार्थ बैंकको नाफा ३ अर्ब १९ करोड
काठमाडौं । सिद्धार्थ बैंकले आर्थिक वर्ष २०७९/८० मा ३ अर्ब १९ करोड १ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको तुलनामा बैंकले ९.१२ प्रतिशतले बढी नाफा आर्जन गरेको हो । अघिल्लो आर्थिक वर्षमा बैंकले २ अर्ब ९० करोड २४ लाख ६४ हजार रुपैयाँ नाफा कमाएको थियो ।
यस्तै, समीक्षा अवधिमा बैंकले खुद नाफा २३.९७ प्रतिशतले वृद्धि गर्दै ८ अर्ब १७ करोड ८४ लाख २२ हजार रुपैयाँ कमाएको छ । समीक्षा अवधिमा ४ अर्ब ६८ करोड ५७ लाख ९२ हजार रुपैयाँ कमाएको बैंकको वितरणयोग्य नाफा ७९ करोड ५७ लाख ६५ हजार रुपैयाँ रहेको छ ।
अघिल्लो वर्ष १ अर्ब ३५ करोड ९८ लाख ६८ हजार रुपैयाँ वितरणयोग्य नाफा संचित गरेको बैंकको यसपटक ४१.४८ प्रतिशतको गिरावट आएको हो । बैंकको खराब कर्जा बढेर २.०१५ पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी पनि २.०४ रुपैयाँले बढेर २२.६४ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ १८०.७३ रुपैयाँ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण