भैरहवामा ४६ वटा मोबाइलसहित एक पुरुष पक्राउ
शुक्रबार, १९ साउन २०८०, १६ : १०
बुटवल । भैरहवामा ४६ वटा मोबाइलसहित एक पुरुष पक्राउ परेका छन् । अवैध रुपमा भन्सार छली लुकाई छिपाई राखेका ३ लाखभन्दा बढी मूल्यका मोबाइलसहित ४० वर्षीय विशाल जैसवाल पक्राउ परेका हुन् ।
जैसवाल रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१३ निवासी हुन् । उनलाई आफ्नै घरबाट मोबाइलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनको घरबाट स्क्रिनटच मोबाइल ३६ पिस, विभिन्न कम्पनीका सादा मोबाइल १० पिस र पावर वैँक ६ पिस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।
ती मोबाइलको बजार मूल्य ३ लाख ३२ हजार बराबर रहेको समेत अर्यालले बताए । । पक्राउ परेका जैसवाल र बरामद मोबाइल भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण