धनगढीबाट चितुवाको छालासहित दुई जना पक्राउ
शुक्रबार, १९ साउन २०८०, १८ : ०३
काठमाडौँ । धनगढीस्थित एक होटलबाट प्रहरीले चितुवाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डडेलधुराको परशुराम नगरपालिका–१२ घर भएका १७ वर्षीय गोविन्द भट्टराई र कञ्चनपुर वेदकोटका ४८ वर्षीय बामदेव जोशी छन् ।
आरोपीतहरुलाई धनगढीको बोराडाँडीस्थित न्यु रोहन होटलबाट पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी प्रज्वल महर्जनले जानकारी दिए । सुदूरपश्चिम प्रदेश कार्यालयबाट प्रनानि प्रकाश कडायतको कमाण्डमा खटिएको टोलीले अरोपीतहरुको साथबाट एकथान चितुवाको छाला बरामद गरेको छ । चितुवाको छाला कारोबारमा संलग्नहरुबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण