ट्राफिक प्रहरीको लापसे चेकिङमा ४ जना चालक पक्राउ
काठमाडौँ । किर्तिपुरमा शुक्रबार गरिएको चेकिङका क्रममा लागूपदार्थ सेवन (लापसे) गरी सवारी साधन चलाउँदै गरेका ४ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा बा२ख ३६ ७२ नम्बरको मिनी बस चालक भारत घर भई हाल काठमाडौँको कीर्तिपुर बस्दै आएका ३६ वर्षीय रोशन सिंह, बा४ख २७१७ नम्बरको भाडा बस चालक उदयपुर घर भई कीर्तिपुर बस्ने २८ वर्षीय राम सिंह राई, बा३ख ४९८३ नम्बरको भाडा बस चालक मकवानपुरको कैलाश गाउँपालिका २ घर भएका २६ वर्षीय सुशान्त घर्ती र बा३ख १८६५ नम्बरका पानी ट्याङ्कर चालक सिन्धुपाल्चोक घर भई हाल चोभार बस्ने ३० वर्षीय सुनिल के.सी. रहेका छन् ।
उनीहरू चारैजनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त किर्तिपुरमा राखिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।
नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी वृत्त कीर्तिपुर संयुक्त टोलीले आज २० वटा सवारी साधनका चालकलाई चेक गर्दा ४ जना भने लागूपदार्थ सेवन गरी सवारी साधन चलाएको अवस्थामा फेला परेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण