केएमसीमा हेमोफिलिया भएकी बालिकाको जटिल शल्यक्रिया
काठमाडौँ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा हेमोफिलिया रोगबाट पीडित एक बालिकाको जटिल शल्यक्रिया गरिएको छ । काठमाडौंको शान्तिनगरकी ९ वर्षीया निधी भट्टराईको एपेन्डिसाइटिसको शल्यक्रिया सफलतापूर्वक गरिएको हो ।
हेमोफिलिया भनेको रगत जम्ने प्रक्रियामा त्रुटि भएको वंशाणुगत समस्या हो । यस्तो समस्या भएका व्यक्तिमा कुनै चोटपटक लाग्दा रगत रोकिन धेरै समय लाग्ने र अत्याधिक रगत बग्ने गर्छ ।
जसका कारण अप्रेसन गर्न जोखिम हुने भएकाले अन्य अस्पतालले उनको शल्यक्रिया गर्न मानेका थिएनन् । तर, केएमसीका बाल सर्जन डा.आशिषलाल श्रेष्ठ नेतृत्वको चिकित्सकहरूको टोलीले ल्याप्रोस्कोपी प्रविधिबाट उनको सफलतापूर्वक शल्यक्रिया गरेको हो ।
‘फेमोफिलियाका कारण अप्रेसन गर्दा रगत नरोकिने भएकाले यो केस निकै च्यालेन्जिङ थियो,’ डा.श्रेष्ठले भने, ‘तर, हामीले जोखिम मोलेर भएपनि सफलतापूर्वक अप्रेसन गरेका छौं, अहिले उनको अवस्था सामान्य भइसकेको छ ।’
जोखिमपूर्ण अप्रेसन सफल भएपछि बिरामी र बिरामीका आफन्त हर्षित छन् । अन्य अस्पतालले अप्रेसन गर्न नमानिरहेका बेला केएमसीले सफलतापूर्वक अप्रेसन गरेर छोरीको ज्यान बचाएको भन्दै बिरामी बालिकाकी आमा मच्चिता अर्याल भट्टराईले खुशी व्यक्त गरिन् ।
दक्ष चिकित्सक र अत्याधुनिक उपकरण भएकाले केएमसीमा जटिल तथा दुर्लभ शल्यक्रिया पनि सफलतापूर्वक गरिदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
-
बाढी पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
एल निनोको ‘अनिश्चित र भयावह’ परिणाम: भारतमा चरम खडेरी र चीनमा बाढीको त्रास
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण