बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

कपनको निलो पुल र सामाखुसीको रेडन कलेज क्षेत्र डुबानमा

मङ्गलबार, २३ साउन २०८०, ०७ : २०
मङ्गलबार, २३ साउन २०८०

काठमाडौँ । अविरल वर्षाको कारण काठमाडौँको कपन स्थित निलो पुल र सामाखुसीको रेडन कलेज आसपासको क्षेत्रमा डुबान भएको छ । काठमाडौँको मुलपानी क्षेत्रका घरहरूमा पनि भल पसेर डुबानमा परेको छ ।

सामाखुसीको रेडन कलेज आसपासका बस्ती, कपनको निलो पुल र मुलपानी क्षेत्र डुबानमा परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले रातोपाटीलाई बताए । सामाखुसी स्थित प्रहरीको महालक्ष्मी फ्युल सेन्टर आसपासको बस्तीमा पनि पानी पसेको छ ।

सचेतनाका लागी बागमती र मनोहरा खोला आसपासको क्षेत्रमा नियमित पट्रोलिङ गर्न र माइकिङ गर्न निर्देशन गरिएको उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनालीले बताए । उनले भने–‘अविरल वर्षाका कारण उपत्यकाका नदी बढ्ने आकलन गरेर सचेतना अपनाउन भनिएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप