कपनको निलो पुल र सामाखुसीको रेडन कलेज क्षेत्र डुबानमा
मङ्गलबार, २३ साउन २०८०, ०७ : २०
काठमाडौँ । अविरल वर्षाको कारण काठमाडौँको कपन स्थित निलो पुल र सामाखुसीको रेडन कलेज आसपासको क्षेत्रमा डुबान भएको छ । काठमाडौँको मुलपानी क्षेत्रका घरहरूमा पनि भल पसेर डुबानमा परेको छ ।
सामाखुसीको रेडन कलेज आसपासका बस्ती, कपनको निलो पुल र मुलपानी क्षेत्र डुबानमा परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले रातोपाटीलाई बताए । सामाखुसी स्थित प्रहरीको महालक्ष्मी फ्युल सेन्टर आसपासको बस्तीमा पनि पानी पसेको छ ।
सचेतनाका लागी बागमती र मनोहरा खोला आसपासको क्षेत्रमा नियमित पट्रोलिङ गर्न र माइकिङ गर्न निर्देशन गरिएको उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनालीले बताए । उनले भने–‘अविरल वर्षाका कारण उपत्यकाका नदी बढ्ने आकलन गरेर सचेतना अपनाउन भनिएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण