बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
अविरल वर्षा

बाढीले कैलालीका ४ पालिका प्रभावित, करिब ५ सय घर डुबानमा (विवरणसहित)

मङ्गलबार, २३ साउन २०८०, ११ : ३८
मङ्गलबार, २३ साउन २०८०

धनगढी । अविरल वर्षासँगै कैलाली जिल्लास्थित नदी नालामा आएको बाढीले करिब ५ सय घर डुबानमा परेका छन् ।

उनीहरूलाई सुरक्षित स्थानमा सार्ने तथा बाढीमा फसेकाहरूको उद्धारको काम भइरहेको बताइएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका,  भजनी नगरपालिका, जोशीपुर गाउँपालिका र कैलारी गाउँपालिकाका स्थानीय प्रभावित भएका हुन् ।

365560043_1117251469663259_8101217318878945019_n

प्रशासनको पछिल्लो तथ्याङ्क अनुसार कैलारी गाउँपालिकाको वडा नं. ७ बसन्ता, भइयाफाँटा क्षेत्रका १५० घरधुरी डुबानले प्रभावित भएका छन् । त्यस्तै, जोशीपुर गाउँपालिकाको वडा नं. ३ का ५६ घर, भजनी नगरपालिकाको वडा २ का १५, वडा नं. ३ का ५, वडा नं. ८ को १, वडा नं. ५ को ६५ र वडा न. ७ को १५० घरधुरी बाढीले प्रभावित भएका छन् ।

प्रभावितहरूको उद्धारसँगै सुरक्षित स्थानमा सार्ने काम स्थानीय, प्रहरीबाट भइरहेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

365385012_6837145479682099_352727720340207734_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप