जुम्लाका सात घरमा आगजनी गर्ने एक जना पक्राउ
मङ्गलबार, २३ साउन २०८०, १८ : २०
सुर्खेत । यही साउन ५ गते जुम्लाका ७ वटा घरमा आगजनी गर्ने व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गुठीचौर गाउँपालिका-४ घर भई हाल चन्दननाथ नगरपालिका-१ मा बस्दै आएका ३० वर्षीय रत्न अधिकारी रहेको जुम्ला प्रहरीले जनाएको छ ।
उनले गुठीचौर गाउँपालिकाका ६ र चन्दनाथको एउटा घरमा आगो लगाएका थिए । यस्तै उनले रारा तेन्जिन कन्ट्रक्सनको लु५त १२४४ नम्बरको ट्याक्टरमा समेत आगजनी गरेका थिए ।
उनले आफू गरिबी भएकाले कसैले पनि ऋण र उधारो दिन नपत्याएको बताए ।
प्रहरीको बयानमा उनले आफूलाई ऋण र उधारो माग्दा कसैले नपत्याएकाले घरमा आगजनी गर्नुपरेको बताएको जुम्लाका डीएसपी प्रल्हाद कार्कीकाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण