नाबालिगलाई अनलाइनमार्फत यौन हिंसा गर्ने व्यक्ति पक्राउ
काठमाडौँ । नाबालिगलाई अनलाइनमार्फत यौन हिंसा गर्ने व्यक्ति पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्युरोले सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका वडा नम्बर ९ बस्ने १९ वर्षीय समिर तामाङ र सुरेश तामाङलाई पक्राउ गरेको हो ।
उनीहरुलाई विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसूरमा सिन्धुपालचोकबाट पक्राउ गरी काठमाडौं जिल्ला अदालतको आदेशले ५ दिन म्याद लिएर आवश्यक अनुसन्धान भइरहेको ब्युरोका प्रहरी उपरीक्षक पशुपति कुमार रायले जानकारी दिए ।
उनका अनुसार ती नाबालिगलाई सामाजिक सञ्जाल फेसबुक एकाउन्टबाट फ्रेण्ड रिक्वेष्ट पठाई कुराकानी गर्दै जाने क्रममा अभियुक्तहरुले नाबालिकासँग प्रेम सम्बन्धको बहानामा अनलाइन अडियो र भिडियो कलको माध्यमद्वारा मानसिक तनाव दिन थालेका थिए ।
त्यसपछि नाबालिगले उक्त व्यक्तिको प्रोफाइल ब्लक गरे पनि पीडकले अन्य अपरिचित व्यक्तिको अश्लील फोटो र भिडियोमा पीडित नाबालिकाको अनुहार जोडी सामाजिक सञ्जालमा प्रकाशन तथा प्रदर्शन गरेपछि प्रहरीमा उजुरी परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण