यूकेबाट गिफ्ट पठाएको छु भन्दै ठगी गर्ने महिला पक्राउ
काठमाडौँ । आफूलाई यूकेको नागरिक बताएर उपहार पठाएको छु भन्दै ठगी गर्ने एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका बस्ने ५५ वर्षीय कमलादेवी श्रेष्ठ रहेकी छन् ।
श्रेष्ठले सामाजिक सञ्जालमार्फत साथी बनाई कुराकानी गरी आफूलाई यूकेको नागरिक बताई सुनको गरगहना, डलर, आइफोन, जुत्ता, लेडिज ब्याग, लत्ता कपडाहरू समेतको गिफ्टहरू पार्सल पठाएको भन्ने गर्थिन् । त्यसपछि विभिन्न प्रलोभन देखाई कस्टम चार्ज बापतको रकम पठाउनुपर्छ भन्ने गर्थिन् । यसरी उनले ९१ हजार रुपैयाँ ठगी गरेको प्रहरीको भनाई छ ।
श्रेष्ठलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गत साउन २३ गते पक्राउ गरेको थियो । उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण