एकान्तकुनाबाट दिउँसै स्कुटर चोरी गरेर फरार व्यक्ति पक्राउ
काठमाडौँ । ललितपुर महानगरपालिका–१३, एकान्तकुनास्थित यातायात कार्यालय अगाडिबाट स्कुटर चोरी गरेर फरार भएका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार साउन ११ गते दिउँसो करिब २ बजेको समयमा लालबहादुर तामाङको बा५६प ६३५४ नम्बरको स्कुटर चोरीमा संलग्न विजयकुमार थापालाई पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका–८, कालिन्चोक घर भई हाल काठमाडौँ महानगरपालिका–१७, ठहिटी बस्दै आएका २४ वर्षीय थापाले तामाङलाई ‘तपाई शौचालय गएर आउनु, तपाईको स्कुटर म हेरिदिन्छु’ भनी स्कुटर लिएर फरार भएका थिए । स्कुटरसहित डिकीमा रहेको ब्लुबुक, नगद ३० हजार रुपैयाँ र नागरिकतासमेत चोरी भएकोबारे तामाङले दिएको निवेदनका आधारमा प्रहरीले खोजतलास गर्ने क्रममा विजय कुमार थापालाई साउन २५ गते काठमाडौँ महानगरपालिका–८, गौशालाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
थापाले चोरीको उक्त स्कुटर बेचेको प्रहरीसमक्ष बताएपछि प्रहरीले स्कुटर खरिद गर्ने सरोज शाहीलाई समेत पक्राउ गरेको छ । शाहीलाई काठमाडौँ महानगरपालिका– ३२ कोटेश्वरबाट स्कुटर र लाल बहादुर तामाङको नागरिकतासहित पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता समेत रहेका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जनाएका छन् ।
रेग्मीका अनुसार पक्राउ परेका दुवै जनालाई चोरी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर जावलाखेल, ललितपुरमा पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण