लापसे गरी सवारी चलाउने ३ जना पक्राउ, नियमविपरीत सवारी चलाउने ४१ जना कारबाहीमा
काठमाडौँ । काठमाडौँको नागढुङ्गामा शुक्रबार गरिएको लागु पदार्थ सेवन (लापसे) चेकिङका क्रममा ३ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा आउनेमा बागमती प्रदेश ०३–००१ च ०७८० नम्बरको पिकअप चालक रौतहटको चन्द्रनिगाहपुर नगरपालिका ६ का २६ वर्षीय सदाम मिया अन्सारी, ना ६ ख ९६ ०१ नम्बरको बस चालक तनहुँको भानु नगरपालिका ५ का ३८ वर्षीय सुरेन्द्र लामा र ना ४ ख २ २१ नम्बरको ट्रक चालक नवलपरासी बर्दघाट सुस्ता पूर्वको कावासोती नगरपालिका १६ का २ वर्षीय अजय विष्ट रहेका छन् ।
तिन जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त थानकोट पठाइएको छ । नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङ्गाको संयुक्त टोलीले आज २५ वटा सवारी साधनका चालकलाई चेक गर्दा ३ जना भने लागुपदार्थ सेवन गरी सवारी साधन चलाएको अवस्थामा फेला परेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।
यस्तै थानकोट र नागढुङ्गामा शुक्रबार नै गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठिक नराखी सवारी चलाउने ४१ जना चालकलाई कारबाही गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण