शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सामसङको ग्यालेक्सी जेड फ्लिप–५ र जेड फोल्ड–५ सार्वजनिक

सोमबार, २९ साउन २०८०, ११ : ११
सोमबार, २९ साउन २०८०

काठमाडौँ । सामसङले औपचारिक रूपमा ग्यालेक्सी जेड फ्लिप–५ र ग्यालेक्सी जेड फोल्ड–५ सार्वजनिक गरेको छ । काठमाडौँको प्रिभे नेपालमा आइतबार आयोजित एक कार्यक्रममा सामसङका सह–उपाध्यक्ष सुङ जुन पार्क, सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापित र मिस नेपाल २०२२ प्रियका रानी जोशीले संयुक्त रूपमा संयुक्त रूपमा ती नयाँ मोबाइलहरूको अनावरण गरेका हुन् । 

अनावरण कार्यक्रमको दौरान नयाँ ग्यालेक्सी जेड फ्लिप–५ र ग्यालेक्सी जेड फोल्ड–५ को विभिन्न विशेषताहरु जस्तै पकेटेबिलिटी, कभर स्क्रिन, फ्लेक्स मोड, वाइड स्क्रिन, ईमर्सिभ भिउइंग, सेल्फ र आईपीएक्स८ रेटिङलाई फेसन रन–वेमा मोडलहरूले प्रदर्शित गरेका थिए ।

‘सामसङले निरन्तर रूपमा ग्यालेकसी जेड सिरिजलाई उत्कृष्टता र परिष्कृत गर्दै लगेको छ । ग्यालेक्सी जेड फ्लिप–५ को नयाँ फ्लेक्स विण्डोमा कन्टेन्ट सिर्जना गर्नेदेखि ग्यालेक्सी जेड फोल्ड–५मा  मल्टीटास्किङ गर्नसम्म सकिने, ग्यालेक्सी फोल्डेबलको यी सिरिजले आजका प्रयोगकर्ताहरूको उच्चतम आवश्यकताहरूलाई पूरा गरेर त्यसलाई अझ नयाँ स्तरमा पुर्‍याउनेछन्,’ निर्देशक स्थापितले भने ।

दुवै ग्यालेक्सी जेड फ्लिप–५ र ग्यालेक्सी जेड फोल्ड–५लाई धेरै टिकाऊ बनाउन सावधानीपूर्वक निर्माण गरिएको छ । मेन स्क्रिन शक डिस्पर्शन तहका साथ जडान गरिएको छ । यसका साथै आईपीएक्स८को रेटिङ, आर्मर अलुमिनियम फ्रेमहरु, र गुरिल्ला ग्लास भिक्टसको प्रयोग फ्लेक्स विण्डो र पछाडि कभर दुवैतिर गरिएको छ । यसमा नयाँ एकीकृत हिन्ज मोडल जडित छ जसले बाह्य असरहरुलाई फैेलिन दिँदैैन । यसको खोज उद्देश्यमूलक रुपमै अधिकतम दिगोपनाको लागि गरिएको हो । उत्पादनको लाइफ साइकल बढाउन हरेक उपकरण ५ वर्षको सेक्यूरिटि अपग्रेड र ४ पुस्ताको ओएस अपग्रेडको साथ उपलब्ध छ । 

ग्यालेक्सी जेड फ्लिप–५ 

ग्यालेक्सी जेड फ्लिप ५ सेल्फ एक्सप्रेसनको लागि निर्मित पकेट साइजको उपकरण हो जसले स्टाइलिस, उत्कृष्ट फोल्डबल अनुभव प्रदान गर्दछ । ग्यालेक्सी जेड फ्लिप ५ तीन प्रकारका रङ्गहरु मिन्ट, लाभेण्डर र कालोमा उपलब्ध छ । यो ८+२५६ जिबि मा मात्र उपलब्ध छ र यसको मूल्य रु.१३९,९९९ तोकिएको छ । 

ग्यालेक्सी जेड फोल्ड–५

वाइड स्क्रिन र धेरै समय चल्ने ब्याट्री सहितको सबैभन्दा पातलो र हल्का फोल्ड गर्न मिल्ने ग्यालेक्सी जेड फोल्ड–५ जहाँ पनि लैजान सजिलो छ, साथै ग्यालेक्सी जेड सिरिजमा सबैभन्दा शक्तिशाली पर्फरमेन्स प्रदान गर्दछ । ग्यालेक्सी जेड फोल्ड–५ कालो र निलो गरी २ प्रकारका आकर्षक रङ्गहरुमा पाइनका साथै १२ जिबि मेमोरी सहितका २५६ जिब र ५१२ जिबी स्टोरेजमा उपलब्ध छन् । ग्यालेक्सी जेड फोल्ड–५ १२‌+२५६ जिबी को मूल्य रु.२२६,९९९ र ग्यालेक्सी जेड फोल्ड–५ १२+५१२ जिबि को मूल्य रु.२३९,९९९ कायम गरिएको छ ।

यी मोडलहरूको प्रि–अर्डर २०८० साउन २२ गतेदेखि नै सुरु भइसकेको छ । यसका साथै हरेक फोल्डेबल डिभाइसको प्रि–अर्डरमा ग्राहकहरूले रु.२५ हजार सम्मको फाइदा हुने  केही आकर्षक उपहारहरू पनि रोज्न सक्नेछन् ।

यसका साथै ग्राहकहरूले सामसङ इन्स्टा फाइनान्स प्रयोग गरी शून्य प्रतिशत ब्याजमा प्रति महिना रु. ७ हजार सम्मको न्यूनतम ईएमआई तिरेर फोन किन्न सक्नेछन् । सामसङ इन्स्टा फाइनान्स २२ वटा सामसङ एक्स्पेरियस् स्टोरको साथै देश भरिका २०० भन्दा बढी पसलहरुमा उपलब्ध छ । यसैगरी आफ्नो फोन अपग्रेड गर्न चाहना हुने ग्राहकहरूको लागि एक्सचेन्ज सुविधा पनि उपलब्ध गराइएको छ । सामसङले आफ्ना ग्राहकहरूका लागि एक पटकको ब्रेकेज इनसुरेंस र प्रोटेक्टिभ फिल्म रिप्लेस्मेन्ट पनि एक वर्षको लागि उपलब्ध गराएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप