मोबाइल चलाएको विषयमा बुहारी कुट्ने प्रहरीको फन्दामा
बिहीबार, ३२ साउन २०८०, १९ : ४८
बर्दिया । मोबाइल चलाएको विषयमा आफ्नै बुहारी कुटपिट गरेको आरोपमा ससुरालाई प्रहरीले पक्राउ गरेको छ । बारबर्दिया नगरपालिका वडा नम्बर ११ बिजयनगर बस्ने ५३ वर्षीय भरथरी चौधरी पक्राउ परेका हुन् ।
मादक पदार्थ सेवन गरेका उनले मोबाइल चलाएको विषयलाई लिएर बुहारी (छोराको श्रीमती) लाई कुटपिट गरेको प्रहरीले जनाएको छ ।
यसबारे उजुरी परेपछि प्रहरी चौकी कतर्नियाघाटबाट खटिएको टोलीले चौधरीलाई बिहीबार नियन्त्रणमा लिई सार्वजनिक हित तथा नैतिकता विरुद्धको कसुर मुद्दामा जिल्ला प्रशासन कार्यालय बर्दियाबाट म्याद लिई थप अनुसन्धान कारबाही प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय बर्दियाले विज्ञप्तिमार्फत जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण