मोबाइल चलाएको विषयमा बुहारी कुट्ने प्रहरीको फन्दामा
बिहीबार, ३२ साउन २०८०, १९ : ४८

बर्दिया । मोबाइल चलाएको विषयमा आफ्नै बुहारी कुटपिट गरेको आरोपमा ससुरालाई प्रहरीले पक्राउ गरेको छ । बारबर्दिया नगरपालिका वडा नम्बर ११ बिजयनगर बस्ने ५३ वर्षीय भरथरी चौधरी पक्राउ परेका हुन् ।
मादक पदार्थ सेवन गरेका उनले मोबाइल चलाएको विषयलाई लिएर बुहारी (छोराको श्रीमती) लाई कुटपिट गरेको प्रहरीले जनाएको छ ।
यसबारे उजुरी परेपछि प्रहरी चौकी कतर्नियाघाटबाट खटिएको टोलीले चौधरीलाई बिहीबार नियन्त्रणमा लिई सार्वजनिक हित तथा नैतिकता विरुद्धको कसुर मुद्दामा जिल्ला प्रशासन कार्यालय बर्दियाबाट म्याद लिई थप अनुसन्धान कारबाही प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय बर्दियाले विज्ञप्तिमार्फत जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
गण्डकीमा राइड शेयरिङले पायो कानुनी मान्यता, नियमावली मन्त्रिपरिषद्बाट पारित
-
जगदुल्ला ठेक्का विवादमा उच्चले मगायो खरिद प्रक्रियाको सक्कल फाइल
-
दिल्लीको सडकमा लोकदोहोरी घन्काएर मःम बेच्दै मदन
-
महालेखा परीक्षकको ६२ औं वार्षिक प्रतिवेदन आज सार्वजनिक हुँदै
-
६० वर्षमा पनि जवान देखिन चाहनुहुन्छ ? पिउनुस् यी चिज