घाँस काटिरहेकी श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ
बिहीबार, ३२ साउन २०८०, १९ : ५१
बर्दिया । श्रीमतीको हत्या आरोपमा प्रहरीले बिहीबार बढैयाताल गाउँपालिका वडा नम्बर १ सानोडाँफे बस्ने ५० वर्षीय कृपाल सुनारलाई पक्राउ गरेको छ ।
घरदेखि अन्दाजी ५०० मिटर टाढा धान खेतमा घाँस काटिरहेको अवस्थामा सुनारले ४० वर्षीया श्रीमती
केस कुमारी बिकलाई धारिलो हतियारले प्रहार गरेर हत्या गरेका हुन् ।
घटनाको खबरपछि प्रहरी चौकी जमुनी तथा ईलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरी टोलीले सुनारलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको छ ।
उनीमाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण