कैलालीमा लागु औषधसहित ३ जना पक्राउ
शनिबार, ०२ भदौ २०८०, १६ : २६
कैलाली । कैलालीमा अवैध लागु औषधसहित तीन जना पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका–१३ राजपुर चोकबाट अवैध लागु औषध खैरो हेरोईन जस्तो देखिने पदार्थ २४ मिलिग्रामसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गोदावरी नगरपालिका–२ बस्ने २६ वर्षीया सिता चौधरी, धनगढी उपमहानगरपालिका- ४ तारानगर डेरा गरी बस्ने ३४ वर्षीय गणेश बहादुर डाँगी र उनकै श्रीमती ३० वर्षीया खेमा डाँगी रहेका छन् ।
प्रहरी चौकी कैलालीगाउँ र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
चौधरीलाई शुक्रबार राति पक्राउ गरिएको हो भने डाँगी दम्पतीलाई थप अनुसन्धानको क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण